गाजाको अस्पतालमा फेरि इजरायलको आक्रमण, कम्तीमा १२ जनाको मृत्यु


४ मंसिर २०८०, सोमबार
Gaza hospital
तस्वीर : एएफपी

काठमाडौं । गाजास्थित इन्डोनेसियन अस्पतालमा इजरायलले हवाई आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा १२ जना मारिएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ । अस्पताललाई इजरायली सेनाको ट्यांकले घेरेको समाचारमा जनाइएको छ ।

इजरायलले गाजास्थित ‘आतंकवादी’ र ‘आतंकवादी संरचना’ मा आक्रमण जारी रहेको बताए पनि अस्पतालमा भएको आक्रमणको विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन । इजरायली सेनाले यसअघि हमासको आतंकवादी सुरुङ पत्ता लागेको भन्दै सिफा अस्पतालसहित अन्य केही अस्पतालमा आक्रमण गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघले उत्तरी गाजामा सञ्चालन गरेको अल–फखौरा विद्यालयमा समेत शनिबार आक्रमण गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७