प्रचण्ड देवी ज्ञवालीलाई सहयोग माग्दै बालकोटमा


८ कार्तिक २०७४, बुधबार
devi gyawali with oli prachanda 2

काठमाडौं : दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उठ्न लागेका माओवादी अध्यक्ष प्रचण्डले आफ्नी छोरीले जिताउन स्थानीयमा चुनावमा अनेक हत्कण्डा अपनाएर हराएका एमाले चितवनका नेता देवी ज्ञवालीलाई सहयोग मागेका छन् ।

devi gyawali with oli prachanda 2
चितवनबाट चुनाव उठ्ने तयारी गरेका माओवादी अध्यक्ष पार्टी विभिन्न च्यानलबाट कुरा गरेर देवीलाई आफ्नो पक्षमा वोल्न लगाएका छन् । प्रचण्डले त्यसबाट पनि चित्त नबुझेर एमाले अध्यक्ष केपी ओलीसँगै राखेर ज्ञवालीसँग कुरा गरेका छन् । ओलीको वालकोटस्थित निवासमा प्रचण्डले ज्ञवालीलाई साथमै राखेर कुरा गरेका छन्।

प्रचण्डले स्थानिय चुनावमा तीतो मिठो सबै कुरा विर्सेर सहयोग गर्ने देवीसँग आग्रह गरेका थिए । प्रतिउत्तरमा उनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा माओवादीले जालझेल गरेर देवी ज्ञवालीलाई हराइयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई जिताउन माओावादीका बुथ एजेन्टले मतपत्र नै च्याते । रेणु पराजित हुने अवस्थामा च्यातिएको मतपत्र सर्वोच्चसम्म पुगेर टुंगियो । भरतपुर वडा नम्बर १९ मा पुनःनिर्वाचन गरिँदा देवी ज्ञवाली रेणुसँग पराजित भए ।

स्थानीय चुनावका आधार क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको मत कांग्रेस–राप्रपा गठबन्धनको भन्दा आठ हजार बढी छ । तर पनि स्थानीयमा चुनावमा अनेक हत्कण्डा अपनाएर देवीलार्इ हराएका माअाेवादी केन्द्रलार्इ एमालेकाे भाेट अाउनेमा शंका छ ।

वाम गठबन्धनको मत
क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा एमालेले कुल २१ हजार पाँच सय ३९ मत पाएको छ । त्यस्तै, माडी नगरपालिकामा चार हजार दुई सय ३८ मत ल्याएको छ । यस क्षेत्रमा एमालेको कुल मत २५ हजार सात सय ७७ छ ।

त्यस्तै, भरतपुरमा माओवादीका वडाध्यक्ष उम्मेदवारले १४ हजार तीन सय ६४ र माडी नगरपालिकामा तीन जहार सात सय ६६ मत पाए । उसको जम्मा मत १८ हजार एक सय ३० छ । यस क्षेत्रमा वाम गठबन्धनले पाएको जम्मा मत ४३ हजार नौ सय सात छ ।

prakash devi gyawali

लोकतान्त्रिक गठबन्धनको मत
क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्षहरूले प्राप्त गरेको कुल मत २३ हजार चार सय ८७ छ । माडी नगरपालिकामा कांग्रेसको वडाध्यक्षले तीन हजार चार सय ३६ मत प्राप्त गरेका छन् । दुवै गरी कांग्रेसको कुल मत २६ हजार नौ सय २३ छ।

लोकतान्त्रिक गठबन्धनकै राप्रपाका वडाध्यक्षले भरतपुर महानगरका १९ वटा वडामा पाँच हजार दुई सय ३८ छ । माडीमा राप्रपाका वडाध्यक्षले कुल तीन हजार एक सय १४ मत ल्याएका छन् । राप्रपाको कुल मत आठ हजार तीन सय ५२ छ । कांग्रेस र राप्रपाको कुल मत ३५ हजार दुई सय ७५ छ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको भन्दा वाम गठबन्धनले आठ हजार ६ सय ३२ मत बढी पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७