माछा मार्ने क्रममा करेण्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु


२०८० मङ्सिर ५ मंगलबार ०७:१५ बजे

पोखरा । माछा मार्ने क्रममा करेण्ट लागेर पोखरामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् ।

सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेण्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५ः २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७