विश्वकप छनोट : घरेलु मैदानमा यमनसँग नेपाल स्तब्ध

विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार


५ मंसिर २०८०, मंगलवार
footaball team nepal

काठमाडौं : फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार राति दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० गोलको पराजय भोगेको हो।

यमनले नेपालविरूद्ध दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ७३ औं मिनेटमा यमनले पहिलो गोल गर्दै अग्रता लिएको थियो। यमनका कप्तान ओमार अब्दुल्लाह अल दाहीले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो ।

यस्तै, ९०औँ मिनेटमा अब्दुल्लाह अल दाहीले गोल गर्दै यमनको जित सुनिश्चित गरे। यो जितसँगै यमनले छनोट चरणमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने नेपाल लगातार दोस्रो खेलमा पनि अंक जोड्न असफल भएको छ। 

‘होम एन्ड अवे’ आधारमा चलिरहेको छनोट खेलमा नेपालले गृहमैदानमा आफ्नो दोस्रो खेल गुमाएको हो। समूह ‘ए’मा रहेको नेपाल गत साता पहिलो खेलमा युएईसँग ४–० ले पराजित भएको थियो। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७