२०८० मंसिर ६ गते बुधबारको तपाईको राशिफल


२०८० मङ्सिर ६ बुधबार ०८:०४ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज घर परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज समय मध्यम रहेकोले परिबन्धनमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेको छ । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभ यात्राको योग छ । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिने छ । बोलीको प्रभाव पनि बढ्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको काममा सफलता हात पर्ने सम्भावना छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको सहानुभूति मिल्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बुद्धिको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । आफन्तसँग भेटघाट पनि रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभ कार्यको लागि यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७