माराकाना रंगशालामा ब्राजिल र अर्जेन्टिनाको खेलमा कुटाकुट, प्रहरीले गर्नुपर्‍यो लाठ्ठी चार्ज


६ मंसिर २०८०, बुधबार
brazil vs argentina 1700615528

काठमाडौँ । चीरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीचको खेल केहीबेर अवरूद्ध भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आजको खेल सुरु हुनै लाग्ला समर्थकहरूबीच कुटाकुट भएपछि केहीबेर तनाव भएको हो ।

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच हानाहान भएको थियो । बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि दुई देशका समर्थक समूहबीच हानाहान भएपछि माराकाना रंगशालामा तनाव उत्पन्न भएको हो । दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच लडाइँ भएको थियो ।

messi leaves 1700615529

दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गर्नुपरेको थियो । सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घण्टा ढिला गरि खेल सुरू भएको छ ।

विश्वकप छनोटमा अर्जेन्टिना ५ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ । ब्राजिल ७ अंक जोडेर पाँचौ स्थानमा छ । सुरुवाती दुई खेलमा जित हात पारेपछि ब्राजिल छैटौं खेलमा जितको खोजीमा छ । तर अर्जेन्टिना प्रतिद्वन्द्वी पर्दा ब्राजिल दबाबमा छ । अर्जेन्टिनाले भने छनोटमा लगातार चार खेलमा जित निकाल्दा पाँचौ खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७