मंसिर ७ गते उपत्यकाका सडकमा गाडी लिएर निस्किनुअघि प्रहरीलाई खबर गर्न आग्रह


६ मंसिर २०८०, बुधबार
jam 10

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर ७ गते (भोलि बिहीवार) अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ ।

विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्व निर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो ।

कार्यालयले आज बुधवार एक सूचना निकालेर घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ । यस्तै सडकको अवस्था बझेर यात्रा गर्न पनि सूचनामार्फत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

s 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७