अब त्रिविको लब्धाङ्क–पत्र एकै दिनमा


१३ जेष्ठ २०७५, आईतवार
TU

काठमाडौं, १३ जेठ । त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धाङ्क–पत्र उपलब्ध गराउन शुरु गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डाक्टर तीर्थराज खनियाँले एकै दिनमा लब्धाङ्क–पत्र उपलब्ध गराउन ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सेवाको उद्घाटन गरेका छन् । TU

कीर्तिपुरमा रहेको विश्वविद्यालयमा शुरु गरिएको यो सेवाले लब्धाङ्क–पत्र लिनका लागि महिनौं कुर्नुपर्ने कठिनाईलाई सहज बनाएको खनियाँले बताए । उपकुलपति खनियाँले विश्वविद्यालयलाई प्रविधिमय बनाउँदै लैजाने बताए । यो प्रविधि शुरु भएसँगै २४ घण्टा भित्र विश्वविद्यालयका विद्यार्थीहरुले आफनो लब्धांक पत्र लिन पाउने छन ।

विश्वविद्यालयले परीक्षासम्बन्धी सबै व्यवस्थापन अनलाइन सेवाबाट विस्तार गर्ने योजना पनि अघि सारेको छ । विश्वविद्यालयले संघीय संरचना अनुसार प्रदेश र क्षेत्रीय स्तरमा पनि शाखा कार्यालय खोल्ने योजना बनाएको पनि उपकुलपति खनियाँले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७