नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवा (सूचीसहित)


६ मंसिर २०८०, बुधबार
sp police

काठमाडौं । नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवा भएका छन् । बढुवा भएकालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज (बुधबार) दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गएको कात्तिक २४ गतेको बढुवा समितिको सिफारिसमा मंगलबार पाँच जनाको बढुवा भएको हो । बढुवा हुनेहरुमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई छन् । दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले कार्य सम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानुनबमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उत्कृष्टताका साथ निर्वाह गर्न निर्देशन दिए । संगठनप्रति बफादार, इमानदार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्यांकन गरेको चर्चा गर्दै संगठनको नीतिअनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७