मकवानपुर केन्द्रविन्दू भएर भूकम्प, काठमाडौंसम्म हल्लायो


२०८० मङ्सिर ७ बिहीबार ०७:३० बजे

काठमाडौं । मकवानपुर केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान भूकम्पको धक्का मापन गरिएको हो ।

बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । धक्काका कारण काठमाडौंमा समेत मानिस घरबाहिर निस्किएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७