काठमाडौंका विभिन्न ठाउँमा युवा संघ र दुर्गा प्रसाई समूहको प्रदर्शन, रिङ्गरोडमा पातलिए गाडी


७ मंसिर २०८०, बिहीबार
yuwa

काठमाडौं । काठमाडौंमा आज दुई समूहले प्रदर्शन गर्दैछन् । काठमाडौंका विभिन्न ठाउँमा नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यावसायी दुर्गा प्रसाई समूहका प्रदर्शनकारी जम्मा हुन थालेका छन् । चोक चोकमा प्रदर्शनकारी निस्किन थालेपछि रिङ्गरोडमा गाडीहरुको संख्या समेत पातलिन थालेको छ ।

yuwa 1

तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा संघका प्रदर्शनकारीहरू निस्किएका छन् । उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा निस्किएका छन् । सो क्षेत्रमा युवाहरू बढी देखिएका छन् । यता बल्खु क्षेत्रमा दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ का प्रदर्शनकारीहरू थोरै मात्रामा देखिएका छन् । सो क्षेत्रमा क्रमशः प्रदर्शनकारीहरू निस्किरहेका छन् । उनीहरुले रातो झण्डा बोकेका छन् ।

yuwa 2

त्यसको प्रभावले राजधानीका सडक अहिले सुनसान जस्तै देखिएका छन् । काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कलङ्कीदेखि बल्खु क्षेत्रसम्मको सुरक्षा कडा पारिएको छ । सो क्षेत्रको सडकका दुवै तर्फ सुरक्षाकर्मीहरू रहेका छन् । बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ । त्यस्तै नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७