तीनकुनेबाट शुरु भयो युवा संघको जुलुस (तस्वीरहरू)


७ मंसिर २०८०, बिहीबार
tinkune

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघको जुलुस तीनकुनेबाट कोटेश्वरतर्फ अघि बढेको छ । तीनकुनेबाट कोटेश्वर चोक र त्यहाँबाट फेरि तीनकुने फर्किएर जुलुस सभामा परिणत हुनेछ । सभालाई एमाले नेताहरूले सम्बोधन गर्नेछन् ।

tinkune 1

युवा संघका पूर्व अध्यक्ष समेत रहेका एमाले नेता महेश बस्नेतको अगुवाइमा प्रदर्शन भइरहेको हो । अहिले तीनकुने क्षेत्रको निरीक्षण गर्दा राजधानी शान्त देखिएको छ । तर सडकका दुवै किनारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । बख्तर बन्द गाडी र एम्बुलेन्स तयारी अवस्थामा छन् । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।

tinkune 2

बिहानैदेखि सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रदर्शनकारी सडकमा उत्रिन थालेसँगै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यक्रमस्थल क्षेत्रमा परिचालन भएका छन् । सडकमा सवारी सधान निकै कम चलेकाले बन्दको दिनको झल्को दिएको छ । यात्रुहरू चोक चोकमा बसको लागी उभिएका देखिन्छन् ।

tinkune 3

यता दुर्गा प्रसाईंको समूहका प्रदर्शनकारीले बल्खु क्षेत्रमा कार्यक्रम गर्दै छ । विशेष गरी सुरक्षा निकाय कलङ्की–बल्खु र तीनकुने क्षेत्रमा हाई अलर्टमा बसेको देखिन्छ । यी क्षेत्रमा सुरक्षाकर्मी निकै बाक्लो उपस्थिति छ । रिङ रोडका दुवै किनारमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । सुरक्षाकर्मीहरूले रिङ रोड छिर्ने चोकहरूलाई विशेष निगरानी गरेको देखिएको छ ।

tinkune 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७