स्वीटजरल्याण्डले दिने ६५ करोड अनुदान स्वीकृत


२०८० मङ्सिर ७ बिहीबार ०७:३० बजे

काठमाडौं । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्याङ्क ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वीटजरल्याण्ड सरकारले दिने अनुदान स्वीकृत गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । उनले पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए ।

बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको शर्माले जानकारी दिइन् । यसैगरी विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७