पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता सुरु (तस्वीरहरु)


७ मंसिर २०८०, बिहीबार
Kp oli cup cricket 1 scaled

पोखरा । पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सरकारको लगानीबिना खेल र खेलाडीको विकास असम्भव भएको बताए ।

Kp oli cup cricket 2

‘जबसम्म खेलाडीहरू व्यवसायिक बन्न सक्दैनन् । तबसम्म खेलकुदमा समृद्धि सम्भव छैन । यसको परिपूर्ति गर्ने काम सरकारको हो’, उनले भने । प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबिच भैरहेको छ । एकेडेमी ‘रातो’ले टस जितेर पहिले फिल्डिङ रोजेको छ । एकेडेमी ‘रातो’को कप्तानी अमर मिश्रले र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।

Kp oli cup cricket 3

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Kp oli cup cricket 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७