बल्खुमा कति सहभागी भए दुर्गा प्रसाईका समर्थक ? (तस्वीरहरु)


७ मंसिर २०८०, बिहीबार
Durga Prasain

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियान’ को ब्यानरमा भएको कार्यक्रममा सयौंको संख्यामा सहभागिता रहेको देखिएको छ ।

prasai 1

उपत्यकाका विभिन्न स्थानबाट निस्किएका र्‍याली बल्खु पुगेपछि प्रसाईंले संक्षिप्त सम्बोधन गरेका थिए । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले एकै दिन (७ मंसिर) मा कार्यक्रम आयोजना गरेका छन् । दुवै पक्षले माइतीघर मण्डलमा कार्यक्रम गर्न खोजेपछि सरकारले युवा संघलाई काठमाडौँको तीनकुने र दुर्गा प्रसाईं समूहलाई बल्खुमा कार्यक्रमस्थल तोकिदिएको छ ।

balkhu aandolan

बिहानैदेखि काठमाडौँका विभिन्न स्थानबाट जुलुसमा सहभागी भई आएका प्रसाईं पक्षधरहरू यतिखेर बल्खुमा जम्मा भएका हुन् । केहीबेर अघि यहाँ युवा संघसँग समूहको झडप पनि भएको थियो । प्रसाईं समूहले आज ठूलो मात्रामा काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७