भोलिदेखि काठमाडौं बन्द हुन्छ : दुर्गा प्रसाईं

‘प्रचण्डजी, सरेन्डर गर्नुहोस्’


७ मंसिर २०८०, बिहीबार
durga 11655626003

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।

‘हाम्रोतर्फ ८-१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५-३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने । प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको थियो । त्यसक्रममा बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको छ भने अझै तनाव जारी रहेको छ ।

‘प्रचण्डजी, सरेन्डर गर्नुहोस्’

व्यवसायी दुर्गा प्रसाईंले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताएका छन् । उनले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको उनले जिकिर गरे । उनले भने, ‘यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ । यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो ।’

उनले नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गरे । प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए । ‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु । तपाईं सरेन्डर गर्नुहोस्, जनतासँग आउनुहोस् । हिजो यिनै जनताले पुर्‍याएका हुन् त्यो ठाउँमा,’ उनले भने ।

उनले अब काठमाडौँ कब्जा गर्ने उनले चेतावनी दिए । उनले भने, ’हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ । संसद् भवन कब्जा गर्नुपर्छ । हामीलाई चलाउने कोशिस भयो भने तपाईंहरुले काठमाडौँमा सबै दोकानहरु बन्द गराउनुपर्छ ।’ कार्यक्रममा पुगेका राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदर्शनकारीहरुलाई निषेधाज्ञा तोडेर माइतीघर छिर्न जोस्याएपछि प्रहरीसँग मुठभेड भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७