नक्कली प्रमाणपत्रले जागिर खाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा


७ मंसिर २०८०, बिहीबार
Akhtiyar

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका–४ मुक्तिधाम आधारभूत विद्यालयका प्रावि राहत शिक्षिका डिलमाया कुमारी कँडेलविरुद्ध आज बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति जारी गर्दै कँडेलले भारतबाट जारी भएको हाईस्कूल परीक्षा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रावि राहत शिक्षक पदमा कार्यरत रही लाभ लिएको जनाएका छन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७