मालिका गाउँपालिकाका अहेब महताराविरुद्ध भ्रष्टाचार मुद्दा


७ मंसिर २०८०, बिहीबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको मालिका गाउँपालिका–५ छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौं शैक्षिक योग्यताको झूटा प्रमाणपत्र बनाएको आरोपमा मुद्दा दायर गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट जारी भएको एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनोट भई पहिले स्वास्थ्य चौकी गुल्मीमा नियुक्ति तथा पदस्थापन भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७