गहना लुट्न घाँस काट्न सघाउने वहानामा बाटो ढुके, फूली–मुन्द्री नदिएपछि घाँटी न्याँकेर हत्या गरे


२०८० मङ्सिर ७ बिहीबार ०७:३८ बजे

कैलाली । कञ्चनपुरमा ६५ वर्षीया नारुदेवी जोशीको हत्या उनले लगाएको गहनाका कारण भएको पुष्टि भएको छ । गत कात्तिक १९ गते शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको नजिकैको जङ्गलमा शव फेला परेको थियो । घटनाको करिब १८ दिनपछि प्रहरीले हत्यामा संलग्न स्थानीय महेश डगौरा रहेको ठहर गरेको हो ।

डगौरा लागू औषध प्रयोगकर्ता हुन् । उक्त दिन जोशी घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी थिइन् । कान र नाकमा सुनका गहना लगाएकी वृद्धाको पछि लागेको डगौराले घाँस काट्न सघाउने भन्दै नजिक भएको पछि गहना माग्दा नदिएपछि घाँटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

डगौरा वृद्धको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगेका थिए । हत्या गरेकै दिन डगौरा सुन बिक्री गरेर धनगढीदेखि नेपालगञ्ज हुँदै मुम्बई बैङ्गलोर भागेका थिए । धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वृद्धको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९ को मुन्द्रा र दुई दशमलव ७०० आनाको अर्को मुन्द्रा लुटपाट भएको थियो ।

प्रहरीले वृद्धाको हत्या भएको ठहर गरे पनि संलग्नहरूलाई पक्राउ गर्न सकेको थिएन । यस क्रममा २० जना भन्दा बढीलाई सोधपुछ गरेको थियो । त्यस अघि पनि साइकल चोरी गरेको र भारतीय नागरिकहरूलाई कुटपिट गरेको व्यक्ति गाउँमा नभएको जानकारी स्थानीयले दिएपछि प्रहरीको अनुसन्धान डगौरामा केन्द्रित भयो । प्रहरीले नेपालमा अनुसन्धान गर्दा डगौरा भारतमा थिए ।

घटना डगौराबाट भएको पक्का तथ्य प्रहरीले पाएपछि उनको आमा मार्फत डगौरालाई नेपालमा बोलाएर प्रहरीले पक्राउ गरेको हो । घटनाको १८ दिन पछि नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुर्‍याउन सुन खरिद गर्ने समेत गरि ६ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । श्रीमती बिरामी भएकाले सुन बिक्री गरिएको थियो । महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसल धनी विरुद्धमा गैरकानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७