नव नियुक्त मुख्य न्यायाधीशहरूले खाए शपथ


७ मंसिर २०८०, बिहीबार
nayadhish 4Hvywc4kCN

काठमाडौँ । उच्च अदालतका नव नियुक्त मुख्य न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मुख्य न्यायाधीशमा नियुक्त गरी आज पदको शपथ गराएका हुन् । न्यायपरिषदको यही मंसिर ५ को बैठकले ६ जना मुख्य न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको थियो ।

उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीशमा सिफारिस भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७