दुर्गा प्रसाईं समूहले बल्खुमा बाल्यो टायर, भोलिदेखि तीनकुनेमा प्रदर्शन


२०८० मङ्सिर ७ बिहीबार ०७:१८ बजे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले भोलि तीनकुनेमा गर्ने भएको हो ।

आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो । पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले र्‍याली निकालेको थियो । उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो ।

बल्खु चोकमा बालियो टायर
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र बचाउ महाअभियान’ का समर्थकले काठमाडौँको बल्खुमा टायर बालेका छन् । आज (बिहीबार) का लागि निर्धारित कार्यक्रम बिथोलिएको आक्रोशमा उनीहरूले बल्खु चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रशासनले प्रदर्शनका लागि तोकिदिएको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्व निर्धारित तालिका बिथोलिएको हो । आज (बिहीबार) उपत्यकाका विभिन्न आठ ठाउँबाट आएको र्‍याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यतालिका थियो । पूर्व निर्धारित उक्त कार्यमक्रम बिथोलिएपछि प्रसाईं समर्थकले टायर बालेर विरोध गरेका हुन् । उनीहरूले नाराबाजीसहित बालेको टायर प्रहरीले फालेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७