इजरायल–हमास युद्धविरामको स्वागत गर्दै नेपालले भन्यो–विपिनलाई तत्काल रिहाइ गर


७ मंसिर २०८०, बिहीबार
pararastra

काठमाडौँ । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो ।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ । बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७