सुन्तला अड्किएर तीन वर्षीय बालकको मृत्यु


७ मंसिर २०८०, बिहीबार
orange.jpg1601802099

गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन् । आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७