कञ्चनपुरमा कुर्सीबाट लडेर एक शिक्षकको मृत्यु


७ मंसिर २०८०, बिहीबार
death
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज (विहीबार) मृत्यु भएको हो । विद्यालयमा पढाउने बेला उनी कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए ।

४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो । ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो । आज विहान ६ बजेतिर उनको मृत्यु भएको हो । मृतक शिक्षक चिमाडीका दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७