नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


८ मंसिर २०८०, शुक्रबार
police head

काठमाडौं । नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले सरुवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयकाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीको काज सरूवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ । उनको ठाउँमा भने भूपेन्द्रबहादुर खत्री आएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय अपराध तथा अनुसन्धान महाशाखा हेटौंडामा सरूवा भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौंडामा रहेका दीपक रेग्मीको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरूवा भएको छ ।
सरुवा सूची

1 6
2 5
3 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७