दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने


८ मंसिर २०८०, शुक्रबार
durga

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज (शुक्रबार) पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईले जनाएका छन् ।

‘ब्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यका बाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईले भनेका छन, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८४ होइन, हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७