‘एनएसएल’ आजदेखि : उदघाटन खेलमा काठमाडौं र इलाम भिड्दै

उपाधि विजेताले कम्तिमा ७० लाख पाउने


८ मंसिर २०८०, शुक्रबार
NSL Tayari 2023

काठमाडौँ । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आज (शुक्रबार) बाट सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

एनएसएलको उद्घाटन खेलमा गत सिजनको च्याम्पियन काठमाडौँ रेजर्स र नव प्रवेशी स्र्पोटिङ इलाम एफसी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । खेलअघि मनोरञ्जनात्मक प्रस्तुति हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । मनोरञ्जनात्मक प्रस्तुती भने साँझ ४ बजेपछि सुरु हुनेछ । यो पटक गत सिजनका ६ सहित ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्ससहित तिन नयाँ झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलाम गरि ९ टोलीले दोस्रो संस्करणमा स्पर्धा गर्नेछन् । एनएसएल मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।

सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्ने छन् । प्रतियोगिताको उपाधि विजेतालाई कम्तिमा ७० लाख प्रदान गर्ने र अझैं यसमा सबैको साथ र सहयोग (मार्केटिङ) को रहेमा एक करोड पुर्‍याउने लक्ष्य रहेको पनि जानकारी दिए । तर पुरस्कारको राशी घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७