हमासले बन्धक बनाएका १३ इजरायली आज रिहा गर्ने घोषणा


२०८० मङ्सिर ८ शुक्रबार ०७:३९ बजे

काठमाडौँ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले हमासले बन्धक बनाएका मध्ये १३ जना शुक्रबार दिउँसो ३ बजे रिहाई हुने जनाएको छ । रिहाई हुनेको नाम सार्वजनिक गरिएको छैन ।

कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम शुक्रबार बिहान ७ बजेबाट हुनेछ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाई गर्नेछ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दोहामा आयोजित पत्रकार सम्मेलनमा रिहाई हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताए । ‘विशुद्ध मानवीयताको आधारमा महिला र बालबालिकालाई प्राथमिकता दिइएको हो । उनीहरुलाई जतिसक्दो छिटो सुरक्षित रुपमा बाहिर निकाल्नु छ’, उनले भने,‘एउटै परिवारका बन्धकहरूलाई एउटै समूहभित्र सँगै राखिनेछ ।’ उनले रिहाई हुनेको नामवाली तयार गरिरहेको बताए । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७