मुम्बई विमानस्थलमा बिष्फोट गराउने धम्की


२०८० मङ्सिर ८ शुक्रबार ०७:४३ बजे

मुम्बई । महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विष्फोट गराउने धम्की प्राप्त भएको छ । यो धम्की बिहीबार इमेलमार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिनुपर्ने माग गरिएको थियो ।

यस विषयमा मुम्बई पुलिसले भन्यो, ‘नगर प्रहरीले इमेल आईडी (quaidacasrol@gmali.com) प्रयोग गरेर धम्कीपूर्ण मेल पठाएकोमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।’ प्रहरीका अनुसार यो इमेल बिहीबार बिहान करिब ११ बजे मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेड (एमआईएएल) को फिडब्याक इन्बक्समा पठाइएको थियो ।

‘यो तपाईंको एयरपोर्टको लागि अन्तिम चेतावनी हो । यदि ४१ मिलियन बिटक्वाइन ठेगानामा ट्रान्सफर गरिएन भने हामी ४८ घण्टा भित्र टर्मिनल २ उडाउनेछौँ । एक अर्को अलर्ट २४ घण्टापछि आउनेछ ।’ हाल प्रहरीले भारतीय दण्डसंहिता (आईपीसी) को धारा ३८५ अन्तर्गत मुद्दा दायर गरेको छ ।

विषयको गम्भीरतालाई मध्यनजर गर्दै विमानस्थल र आसपासको सुरक्षा व्यवस्था बढाइएको छ । यससँगै पुलिसले आइपी ठेगाना पत्ता लगाएको छ, जसबाट यो धम्कीपूर्ण इमेल पठाइएको थियो । अहिले धम्की दिने इमेल पठाउने व्यक्तिको पहिचान गर्न प्रहरी व्यस्त छ । यसअघि पनि मुम्बई पुलिसलाई धेरै धम्कीपूर्ण कलहरू आएका थिए । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७