भारतबाट आएको मोटरसाइकलमा स्रोत नखुलेको आठ लाख भेटियो, दुई जना पक्राउ


८ मंसिर २०८०, शुक्रबार
arrest

महोत्तरी । महोत्तरीमा स्रोत नखुलेको ८ लाख १० हजार रुपैयाँ फेला परेको छ । सशस्त्र प्रहरीले उक्त रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–५ पोखरभिण्डामा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण, महोत्तरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बर प्लेटको मोटरसाइकलबाट ती रकम फेला परेको हो । सशस्त्रले सम्सी गाउँपालिका– ३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका, सहसौलाका ३२ वर्षीय अनिल चौधरीसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । मोटरसाइकल र दुबै जनालाई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७