प्रहरीमााथि ढुङ्गा हान्ने दुर्गा प्रसाईको अभियान समर्थक पाँच जना पक्राउ


८ मंसिर २०८०, शुक्रबार
durga

काठमाडौं । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका पाँच जना पक्राउ परेका छन् । बिहीबारको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहित मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का रहेका छन् । बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोज्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीका अुनसार अन्यको खोजी भइरहेको छ । आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७