पूर्व राजा ज्ञानेन्द्र शाह किन जाँदैछन् आज झापा ?

आठ हजार बाइकले स्कर्टिङ गर्ने, राप्रपा अध्यक्ष लिङदेन १० दिनदेखि झापामै


८ मंसिर २०८०, शुक्रबार
Gyanendra sha

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) दिउँसो झापा जाँदैछन् । उनी बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि झापा जान लागेका हुन् ।

पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र आज धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ । भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सुरु हुनेछ ।

पूर्व राजा ज्ञानेन्द्र समेत सहभागी हुने उक्त र्‍यालीलाई करिब आठ हजार मोटरसाइकले स्कर्टिङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याउने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । भोलिको कार्यक्रममा राप्रपाले कार्यक्रममा ५० हजार जनशक्ति उतार्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७