दुर्गा प्रसाई घरमै नजरबन्द, राजावादी अभियान्ताहरु तीनकुनेबाट धमाधम पक्राउ


८ मंसिर २०८०, शुक्रबार
pakrau 3

काठमाडौं । काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन गर्न हिंडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २६ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तीनकुनेमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को समर्थनमा निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, आङनिमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उणेश पराजुली, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरी थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यम कुमार मैनाली, हरीप्रसाद दहाल, दिलबहादुर घिसिङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सावित्रा क्षेत्री रहेका छन् । उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ । उ गर्न थालेको छ । शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त क्षेत्रमा आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गर्न लागेका छन् । केही समय अगाडि आन्दोलनको तयारी गरिरहेका दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड गरेको छ ।

आन्दोलनको तयारी गर्न काठमाडौँको तीनकुनेमा जम्मा हुन लागेका प्रसाईं समर्थकलाई प्रहरीले तितरबितर पारेको हो। सो क्रममा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै प्रसाईंको भक्तपुरस्थित निवास आसपासमा भने धेरै मात्रामा प्रहरी परिचालन भएका छन् । भक्तपुर जिल्ला प्रहरी कार्यालयले प्रसाईको सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७