भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १८ करोड ३७ लाख जम्मा


२०८० मङ्सिर ८ शुक्रबार ०७:४७ बजे

काठमाडौं । भूकम्प प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख ३७ हजार १३६ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि जम्मा गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम कात्तिक १८ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा कोषमा जम्मा भएको हो ।

कात्तिक १७ गते जाजरकोटलाई केन्दविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचनाहरू भत्किँदा जाजरकोट र सुदूरपश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजार ६२ घरमा क्षति गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७