ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरुले मात्रै हो राजतन्त्र मान्ने

‘युवा संघ काहिँलो छोरा हो, एमाले नै उत्रियो भने ?’


८ मंसिर २०८०, शुक्रबार
ba

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नरहेको बताए । तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’

नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’, अध्यक्ष ओलीले थपे, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’ उनले युवा संघले बिहीबार प्रदर्शन झलक मात्र भएको भन्दै ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे ।

‘प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन् भने भेटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’ अध्यक्ष ओलीले भने, ‘दिन र ठाउँ तोकेर भेट्न तयार छ युवा संघ ।’ अध्यक्ष ओलीले युवा संघ पार्टीको काहिँलो छोरा-छोरी भएको समेत बताए । ‘राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । युवा संघ रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा धन्यवाद दिंदै उनले भने, ‘देश संकटमा परेको बेला हामी यहाँ छौँ भनेर काँध थाप्यो, धन्यवाद ।’ ‘यो त एमालेको काहिँलो छोरा-छोरी हो । युवा संघले एक झलक देखाएको छ । सिंगो एमाले उत्रियो भने के हुन्छ ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७