दुर्गा प्रसाईलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्चमा रिट

गृहमन्त्रीको सचिवालय भन्छ– दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको छैन


८ मंसिर २०८०, शुक्रबार
Durga prasai home bhaktapur

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूलाई गैरकानुनीरूपमा घरमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।

रिटमा नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्र, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने व्यवस्थार सरकारले गरेका कामकारबाहीको शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्थालाई नै चुनौती दिइएको भन्दै तत्काल रिहा गरी आन्दोलन र अभियानमा पनि रोक नलगाउन माग गरिएको छ । भण्डारीले प्रसाई आफैले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

राजनैतिक विचार राख्न नपाइने गरी कसैलाई पनि नियन्त्रणमा लिन, निगरानीमा राख्ने थुनामा राख्न नपाइने रिटमा उल्लेख छ । सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्णरूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाई फसाउने सम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा लेखिएको छ ।

गृहमन्त्रीको सचिवालय भन्छ– दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको छैन
गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईलाई नजरबन्दमा नराखिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । राजधानीको तीनकुनेमा प्रदर्शनको तयारीमा रहेका प्रसाईलाई भक्तपुरस्थित घरमै नजरबन्दमा राखिएको समाचारहरू प्रकाशित भइरहेको बेला गृहमन्त्रीको सचिवालयले खण्डन गरेको हो ।

गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले प्रसाईँलाई नजरबन्दमा राखिएको भन्दै प्रकाशित समाचार र हल्लाहरू झुट र काल्पनिक रहेको बताएका छन् । उनले भनेका छन, ‘दुर्गा प्रसाई गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पूर्णत झुट र काल्पनिक हल्ला मात्रै हो ।’

सल्लाहकार गिरीले मंसिर ७ गतेका भएको प्रसाईको प्रदर्शनका क्रममा रबरको गोली प्रयोग भएको भन्ने विषयमा पनि सत्यता नरहेको बताएका छन् । उनले भनेका छन्, ‘हिजोको प्रदर्शनमा द्विपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस् र निजी एवम् सार्वजनिक सम्पत्तिको नोक्सानी हुन नपाओस् भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको तथा केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्याँस र पानीको फोहोरा मात्रै प्रयोग गरिएको, प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको सबैमा अवगत नै छ ।’

प्रसाईको समूहले काठमाडौंमा निरन्तर सरकारविरुद्ध प्रदर्शन गरेको योजना बनाएको छ । सोही अनुसार आज तीनकुनेमा प्रदर्शन गर्न लागेको थियो । तर, आफूलाई ‘होम एरेष्ट’ गरिएको भन्दै प्रसाईँले बिहानै निवासमै पत्रकार सम्मेलन गरेका थिए ।
प्रसाईंको घरमा पुग्यो मानवअधिकारको टोली
शुक्रबारदेखि सरकारको ‘अघोषित नजरबन्द’ मा परेका मेडिकल ‘राष्ट्र बचाऔं’ महाअभियानका अभियान्ता एवम् मेडिकल व्यावसायी दुर्गा प्रसाईंको घरमा राष्ट्रिय मानव अधिकारको टोली पुगेको छ । यद्यपि प्रसाई पक्षले मानव अधिकार टोलीसँग भेट्न अस्वीकार गरेको बुझिएको छ । प्रसाईलाई भेट्न नपाएपछि मानवअधिकार टोली फर्किएको छ ।

HRO pic

शुक्रबार राजधानीको तीनकुनेमा प्रदर्शन गर्ने तयारीमा रहेका उनलाई सरकारले भक्तपुरस्थित निजी निवासमा ‘नजरबन्द’मा राखेपछि मानव अधिकारको टोली त्यहाँ पुगेको हो । यतिबेला प्रसाईंको घरमा बाहिर बाक्लो संख्यामा प्रहरी तैनाथ छ ।
काठमाडौं सिडिओ कार्यालयले आज तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको हो । यसका साथै प्रहरीले आन्दोलनकारीहरूलाई देख्नेबित्तिकै पक्राउ गर्न थालेको छ ।

s
s1
s2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७