तत्कालीन वडासचिव महतोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२०८० मङ्सिर ८ शुक्रबार ०७:३२ बजे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडासचिव शिवकुमार महतोसहित दुई जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा उनका जीवित श्रीमानको मुत्यु भएको भन्दै वडासचिव हुँदा महतोले गलत लिखत तयार गरेर ४५ हजार दुई सय २० रुपैयाँ हानी-नोक्सानी गरेको हुँदा महतो र खत्रीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
महतोलाई ४५ हजार दुई सय २० रुपैयाँ बिगो कायम गरेको आयोगका प्रवक्ता एवम् सहसचिव भोला दाहालले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७