युक्रेनी भूमिमा रुसी सेनालाई मनोरञ्जन दिन कन्सर्ट : हवाई आक्रमणमा मारिइन् गायिका


२०८० मङ्सिर ८ शुक्रबार ०८:०३ बजे

काठमाडौं । रुसले युक्रेनमा २१ महिनायता लगातारजसो आक्रमण गरिरहेको छ । लामो समययता जारी युद्ध अहिले रोकिन्छ कुनै टुङ्गो छैन ।

युक्रेनको डोनबास क्षेत्र अझै रुसी सेनाकै कब्जामा छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पछिल्लो समय पश्चिमा राष्ट्रबाट हतियार प्राप्त नहुने हो कि भनेर आशंका व्यक्त गर्ने गरेका छन् । किन भने पछिल्लो समय पश्चिमा राष्ट्रहरू हमास र इजरायलबीचको युद्धमा केन्द्रित भएका छन् । अमेरिकासँगै पश्चिमा राष्ट्र हमासविरुद्ध इजरायलको पक्षमा उभिएका छन् । यस्तोमा युक्रेनमा चलिरहेको युद्ध ओझेलमै परेको अवस्था छ ।

यसैबीच डोनबास क्षेत्रमा रुसी सेनाहरूको मनोरञ्जनका लागि हालै सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । युक्रेनी भूमिमा रुसी कार्यक्रम हुँदा त्यतिबेला नै युक्रेनले हवाई कारवाही गरिदिएको अल जजिराले जनाएको छ । नोभेम्बर १९ अर्थात् यसै हप्ताको आइतबार सांगीतिक कार्यक्रमस्थलमै युक्रेनी सेनाले हवाई कारवाही गर्दा रुसी गायिकाको मृत्यु भएको छ । ४० वर्षकी गायिका पोलिना मेनसिखको ज्यान गएको हो । लामो समय युक्रेनसँग युद्धमा होमिएका रुसी सेनालाई मनोरञ्जन दिलाउन र गीत गाउन पोलिना डोनबास पुगेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७