झापा पुगे पूर्वराजा ज्ञानेन्द्र : भोलि सात हजार मोटरसाइकलको र्‍यालीसहित शक्ति प्रदर्शन


२०८० मङ्सिर ८ शुक्रबार ०७:१० बजे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज (शुक्रबार) झापा पुगेका छन् । उनी बुद्ध एयरको जहाजबाट आज दिउँसो झापा पुगेका हुन् । झापामा पूर्वराजाको भ्रमण सफल र भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी एक हप्ता भन्दा लामो समयदेखि जुटिरहेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर पूर्व राजाको भ्रमण व्यवस्थित बनाउने चाँजोपाँजोमा लागिरहेका छन् । दुर्गा प्रसाईंले काठमाडौंमा हजारौं मान्छे उतारेपछि राप्रपाका लागि पूर्वराजाको भ्रमण विशेष बनाउनुपर्ने चुनौति छ ।
पूर्वराजा ज्ञानेन्द्र आज मेचीनगर रिसोर्टमा बास बस्ने छन् । भोलि धुलाबारी नजिकै निन्जाखोलाको पुल वारीबाट मोटरसाइकल र्‍यालीको तयारी गरिएको छ । र्‍यालीमा कम्तिमा सात हजार मोटरसाइकल उतार्ने दावी गरिएको छ । मोटरसाइकल र्‍याली १२ किलोमिटर यात्रा गर्दै बिर्तामोड पुग्नेछ ।

पूर्वराजा भाटभटेनी अगाडि गाडीबाट ओर्लिने छन् । त्यहाँबाट उनले करिब ४५ मिनेट पैदल हिँड्ने कार्यक्रम तय गरिएको छ । बिर्तामोडमा ५० हजारको जनप्रदर्शनसहित पूर्वराजाको स्वागत गर्ने तयारी राप्रपाले गरेको छ । पूर्वराजा नागरिकहरुको स्वागत अभिनन्दन ग्रहण गर्दै इकम क्याम्पसमा पुग्ने छन् ।

त्यहाँ रहेको बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक पूर्वराजाले अनावरण गर्ने कार्यक्रम छ । पूर्वराजाले स्थानीय बुद्धिजीवि र नेताहरुसँग भेटघाट र भलाकुसारी गर्नेछन् । पूर्वराजाको भ्रमणलाई भव्य, ऐतिहासिक र सफल बनाउन पार्टीको सम्पूर्ण शक्ति परिचालन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७