युद्धविरामको घोषणापछि विपिनको रिहाइको व्यग्र प्रतीक्षामा परिवार


८ मंसिर २०८०, शुक्रबार
Bipin joshi mom

दोधारा चाँदनी । इजरायल र आतंकवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् ।

इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ । ‘छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ’, विपिनका बुबा महानन्दले भने, ‘नेपाल सरकारले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदेओस् ।’

जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपिनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । ‘भगवानसँग प्रार्थना गर्छु मेरो छोरो सकुशल मेरो काखमा आइपुगोस्’, आमा पद्माले भनिन्, ‘विपिन घर फर्किने बाटो कुरेर बसेका छौँ ।’

आजै परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग आज सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७