निरन्तर घट्दै तापक्रम, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना


९ मंसिर २०८०, शनिबार
Himal machhapuchre kaski scaled

काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने तापक्रम हालको अवस्था भन्दा १.५ देखि २ डिग्रीले घट्ने सम्भावना रहेको छ ।

देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७