बर्दियाको गुलरियामा आगलागी : १८ महिने बालकसहित चार जनाको मृत्यु


९ मंसिर २०८०, शनिबार
bardiya aagolagi 1024x464 1

बर्दिया । बर्दियाको गुलरियास्थित एक घरमा गए राति भएको आगलागी हुँदा चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया–४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको हो ।

प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिं बुढा छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परेर २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७