कपिलवस्तुमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु, चालक फरार


२०८० मङ्सिर ९ शनिबार ११:४५ बजे

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–३, बहडिलवामा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।
बिहीबार लु ४ त १२८० नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेमकुमार कुर्मीको छोरा दुई वर्षीय रुपेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७