भारतमा सधैँका लागि बन्द गरियो अफगानी दूतावास


२०८० मङ्सिर ९ शनिबार ०७:३७ बजे

नयाँदिल्ली । भारतमा रहेको अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग स्थायी रूपमा बन्द गरिएको छ । नयाँ दिल्लीका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजाईले शुक्रबार उक्त जानकारी दिएका हुन् । यो निर्णय तत्काल लागू हुने उनले बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग तत्काल प्रभावबाट स्थायी रूपमा बन्द गरिएको जानकारी गराउनुपर्दा दुःख लागेको छ ।’

‘हामीले भारत सरकारबाट लगातार चुनौतीहरू सामना गरिरहेका थियौँ । सेप्टेम्बर ३० मा हामीले दूतावासको सञ्चालन बन्द गर्‍यौँ र, हामीलाई ठूलो आशा थियो– दूतावासका बारेमा भारत सरकारको अडान परिवर्तन हुनेछ र भारत इस्लामिक गणतन्त्र अफगानिस्तानका पक्षमा हुनेछ । तर आठ साता बितिसक्दा पनि न कूटनीतिज्ञको भिसा अवधि थपियो न त भारत सरकारको अडानमा कुनै परिवर्तन आयो, यस्तो अवस्थामा तालिबान र भारत सरकारको बढ्दो दबाबबीच दूतावासले यस्तो कठिन निर्णय लिनु परेको हो ।’ एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७