अन्तरिक्ष अध्ययनमा ठूलो सफलता : पहिलो पटक लेजर सन्देश प्राप्त


९ मंसिर २०८०, शनिबार
Leser

काठमाडौं । पृथ्वीमा पहिलो पटक अन्तरिक्षबाट लेजर सन्देश प्राप्त भएको छ । यो सन्देश १६ मिलियन किलोमिटरको दूरीबाट पृथ्वीमा पठाइएको थियो । सन्देश प्राप्त गर्न केवल ५० सेकेण्ड लागेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

यसरी लेजर सन्देश प्राप्त गरेको यो पहिलो पटक भएको पनि नासाको भनाइ छ । अन्तरिक्षमा रहेको साइकी स्पेसक्राफ्टबाट सन्देश पठाइएको थियो, जुन ५० सेकेण्डमा पृथ्वीमा प्राप्त भएको हो । नासाका अधिकारी टर्डी कोर्टेसका अनुसार पछिल्लो उपलब्धिले अन्तरिक्षमा सञ्चारमा सुधार ल्याउने मार्ग प्रशस्त गर्नेछ । उनले भने, ‘यसबाट हामी भविष्यमा अन्य ग्रहमा वैज्ञानिक सूचना, फोटो र भिडियो पठाउन सकिने प्रविधि निर्माण गर्न सक्षम हुनेछौं ।’

साइकी स्पेसक्राफ्ट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट अक्टोबर १३ मा प्रक्षेपण गरिएको थियो । यस प्रयोगका लागि डीप स्पेस अप्टिकल कम्युनिकेसन (डीएसओसी) प्रणाली प्रयोग गरिएको थियो । यो डीएसओसी प्रणाली साइकी स्पेसक्राफ्टमा स्थापित गरिएको थियो ।

अन्तरिक्षमा अन्तरिक्ष यानसँग सम्पर्क स्थापित गर्न पृथ्वीमा ठूला एन्टेनाहरू जडान गरिएको छ । रेडियो संकेतहरू यी एन्टेनाहरूबाट सन्देशहरू पठाउन र प्राप्त गर्न प्रयोग गरिन्छ । तर तिनीहरूको ब्यान्डविथ सीमित छ । यो प्रयोगपछि नासाले अब रेडियो सिग्नलको सट्टा ‘लाइट’ प्रयोग गरेर पृथ्वी र अन्तरिक्ष यानबीच सम्पर्क स्थापित गर्न सक्नेछ । यस लाइट वा लेजर मार्फत सन्देशहरू पठाउन र प्राप्त गर्न सकिन्छ । ना

साका अनुसार यो प्रणालीले हाल प्रयोगमा रहेका अन्तरिक्ष सञ्चार उपकरणहरूभन्दा १० देखि १०० गुणा छिटो सूचना पठाउन सक्छन् । नासाले नोभेम्बर १४ मा साइकी स्पेसक्राफ्टले क्यालिफोर्नियाको पालोमर अब्जर्भेटरीमा हेल टेलिस्कोपसँग सञ्चार सम्पर्क स्थापना गरेको जनाएको छ । यस सञ्चार लिङ्कको सफल प्रयोगलाई ‘फस्टलाइट’ नाम दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७