दीपक मनाङेलाई सघाउन एमालेकी लामाले उम्मेदवारी फिर्ता लिइन्


८ कार्तिक २०७४, बुधबार
Deepak Manage

मनाङ : मनाङको क्षेत्र नम्बर २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

Deepak Manage

मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उमेदवार खण्डा लामाले उमेदवारी फिर्ता लिएको पुष्टि गरेका छन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङ्गेलाई सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो । तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए । अब एमालेका आधिकारिक उमेदवार खण्डा लामाले स्वतन्त्र उमेदवार मनाङ्गेलाई सघाउने र केन्द्रमा उनी समर्थकले एमालेलाई सघाउने बताइएको छ ।

अब एमालेका आधिकारिक उमेदवार खण्डा लामाले स्वतन्त्र उमेदवार मनाङ्गेलाई सघाउने र केन्द्रमा उनी समर्थकले एमालेलाई सघाउने भएका छन् । यो सँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङ्गेबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी प्रदेशको क्षेत्र नं १ मा एमालेबाट दोर्जे डण्डुल गुरुङ र कांग्रेसबाट चिन्ताबहादुर घले उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पाल्देन गुरुङ उम्मेदवार छन् । राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका मनाङ्गे समयअघि एमालेमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७