मैदानमा पूर्वराजा : आज झापामा शक्ति प्रदर्शनसँगै विशेष सम्बोधन


९ मंसिर २०८०, शनिबार
Gyanendra shaha jhapa psAHuFLnk9

काठमाडौँ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईंले ‘व्यवस्था उल्टाई छाड्ने अठोट’ सहित देशभरिबाट काठमाडौँमा समर्थक भेला पारेर प्रदर्शन गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने काठमाडौँ छाडेर झापा पुगेका छन् ।

प्रसाईंका समर्थकहरू काठमाडौँका सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै व्यवस्था नउल्ट्यिाएसम्म आन्दोलन नरोकिने बताइरहेका बेला पूर्व मैदानमै उत्रिएर पूर्व राजाले बढाएको सक्रियता कम अर्थपूर्ण छैन । हिजो दिउँसो नै बुद्ध एयरको जहाजबाट झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शनिबार) विशेष सम्बोधन गर्ने भएका छन् ।

झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण गर्ने भएका छन् ।

यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि डेढ सातादेखि झापामै बसेर पूर्व राजाको स्वागतमा मान्छे उतार्ने र कार्यक्रमलाई भव्यता दिन जुटिरहेका छन् । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने बताएका छन् ।

उनलाई आज (शनिबार) सात हजार बढी संख्याको मोटरसाइकल र्‍यालीमार्फत बिर्तामोड पुर्‍याउने कार्यक्रम छ । मोटरसाइकल र्‍यालीमा राप्रपाका सात हजार बढी कार्यकर्ता सहभागी हुने बताइएको छ । पूर्वराजाको कार्यक्रममा विर्तामोडमा ५० हजार मानिस उतार्ने तयारी राप्रपाको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७