लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन मन्त्री आचार्यको आग्रह


२०८० मङ्सिर ९ शनिबार ०७:५८ बजे

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आचार्यले नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म व्यक्ति, परिवार, नागरिक समाज, सङ्घ संस्थालगायतका सरोकार भएका पक्षलाई सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गरी अभियानलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका हुन् ।

मन्त्री आचार्यले अभियानलाई व्यापक रुपमा सञ्चालन गर्न सातै प्रदेशमा प्रदेशस्तरीय जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाउने तयारी रहेको बताए । ‘अघिल्ला वर्ष राजधानी केन्द्रित र्‍याली हुने गरेकोमा यसवर्ष सबै तह, निकायको समन्वय, सहकार्य गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गरी मनाउने मन्त्रालयको तयारी छ’, उनले भने ।

अन्तर्राष्ट्रिय प्रतिबद्धताले सिर्जना गरेको दायित्वलाई कार्यान्वयन गर्ने सम्बन्धमा संविधानलगायत महिला केन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्माण गर्न सरकार प्रयासरत रहेको उनको ठहर छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७