राँगाको आक्रमणबाट ७० वर्षीय वृद्धको गयो ज्यान


२०८० मङ्सिर ९ शनिबार ०६:५८ बजे

रौतहट । रौतहटको कटहरिया नगरपालिका-९ डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको ज्यान गएको छ ।
राँगाको आक्रमणबाट बुधबार साँझ घाइते भएका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही राँगाको आक्रमणमा परी पटक–पटक गरेर एक दर्जन भन्दा बढी व्यक्ति घाइते भइसकेका छन् । खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक–पटक गाउँलेहरूले आग्रह गर्दा मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको स्थानीयको गुनासो छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७