दुर्गा प्रसाई समूह तीनकुने र माइतीघरबाट पछि हट्याे, आज सिफल चौरमा प्रदर्शन


२०८० मङ्सिर ९ शनिबार ०७:०३ बजे

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज (शनिबार) काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।
महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा आज बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिए ।

प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो । साथै दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएको सहप्रवक्ता माण्डव्यले जानकारी दिएका छन् । छलफलमा काठमाडौं जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीको सहभागिता थियो ।

प्रसाईंको अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेको हो । पहिलो दिन बल्खुमा आयोजना गरिएको कार्यक्रम निकै तनावपूर्ण भएको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार तीनकुनेमा प्रसाईंलाई कार्यक्रम गर्न दिएको थिएन । महाअभियान, नेपालले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेको जनाउँदै प्रशासनले कार्यक्रम गर्न नदिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७